९ मंसिर २०८३, मंगलवार

अमेरिकाद्वारा सिरियाका आतंकवाद विरुद्ध आक्रमण

एसीपी संवाददाता

१० कार्तिक २०८०, शुक्रबार ११:१० मा प्रकाशित

इजरायल–हमास युद्धको बीचमा अमेरिकाले सिरियामा हवाई आक्रमण गरेको छ ।  अमेरिकी सेनाको विमानले पूर्वी सिरियामा इरान समर्थित आतंकवादी समूह विरुद्ध हमला गरेको छ ।  यी समूहहरूले हालै इराक र सिरियामा अमेरिकी सेनामाथि एक दर्जनभन्दा बढी रकेट र ड्रोन आक्रमण गरेका छन्।  पेन्टागनको रिपोर्टका अनुसार ती आक्रमणमा २१ भन्दा बढी अमेरिकी सैनिक घाइते भएका छन् ।  सिरियामा यो हवाई हमला ती हमलाहरूको जवाफ हो। 

रक्षा सचिव लोयड अस्टिनले भने, “आज, राष्ट्रपति जो बाइडेनको निर्देशनमा, अमेरिकी सेनाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) र सम्बद्ध समूहहरूलाई निशाना बनाएर आक्रमण गर्यो।”  “यो इराक र सिरियामा अमेरिकी सेनाहरू विरुद्ध अक्टोबर १७ मा सुरु भएको इरान समर्थित मिलिशिया समूहहरूद्वारा जारी आक्रमणको जवाफ् हो भने ।

उनले भने, “राष्ट्रपतिको लागि अमेरिकी सेनाको सुरक्षाभन्दा उच्च प्राथमिकता अरू केही छैन। अमेरिकाले त्यस्ता आक्रमणलाई सहने छैन भन्ने स्पष्ट पार्न आजको कारबाहीलाई निर्देशन दिनुभयो। हामी हाम्रा सेना र हाम्रो हितको रक्षा गर्नेछौं।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x