९ मंसिर २०८३, मंगलवार

बेपत्ता विपिन जोशीको सुरक्षाको लागि सरकारको आग्रह

एसीपी संवाददाता

१० कार्तिक २०८०, शुक्रबार २०:२६ मा प्रकाशित

काठमाडौं   –  सरकारले हमास समूहले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको छ।

शुक्रबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हमासले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको हो।

‘विपिन जोशी ०७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा भएको आक्रमणको दिनदेखि बेपत्ता छन् र उनको ठेगाना अझै अज्ञात छ। मन्त्रालयले श्री विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षा र सुरक्षाको लागि आह्वान गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले उनीहरुको रिहाइको लागि कतार राज्य र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x