२ श्रावण २०८३, शनिबार

बाँकेका १८ सहित थप २३ जनामा कोरोना पुष्टि

एसीपी संवाददाता

२ कार्तिक २०७७, आईतवार १४:३० मा प्रकाशित

आईतवार बाँकेका १८ सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका बिभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा २३ जनामा कोराना देखिएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जसअनुसार भेरी अस्पतालमा गरिएको परिक्षणमा ४ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ७ जना र बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा ७ जनामा कोरोना देखिएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।संक्रमित हुनेमा ६ महिला र १२ जना पुरुष रहेका छन ।

फोकल पर्सन श्रेष्ठका अनुसार बाँकेका १८, दांग, कैलाली, पर्बत, डोल्पा र बर्दियाका १÷१ जना गरि कुल २३ जना रहेका छन । योसंगै बााकेमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ६ सय ९१ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x