९ मंसिर २०८३, मंगलवार

भारतको केरलामा बम बिस्फोट , एक जनाको मृत्यु ४० घाइते

एसीपी संवाददाता

१२ कार्तिक २०८०, आईतवार १४:१८ मा प्रकाशित

एजेन्सी –   केरलामा भएको विष्फोटमा ‘इन्सेन्डरी डिभाइस’ र आईईडीको प्रयोग, टिफिन बक्समा राखिएको थियो बम ।

एर्नाकुलम ब्लास्ट: केरलाको एर्नाकुलममा एउटा सम्मेलन केन्द्रमा भएको शक्तिशाली विस्फोटमा एक जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएको बताइएको छ।  केरला प्रहरी र एनआईए टोलीको प्रारम्भिक कार्य भएको छ ।

भारतको केरलाको एर्नाकुलमको कालामासेरीमा रहेको कन्भेन्सन सेन्टरमा तीनवटा विष्फोट भएपछि भारत भरी अलर्ट जारी गरिएको छ ।  मुम्बई र पुणेलाई विशेष सतर्कता अपनाइएको छ ।  यसका साथै यहुदी धर्मस्थल रहेका ठाउँमा उच्चस्तरीय सुरक्षा बढाइएको भएपनि यी विष्फोटपछि राज्य सरकार, केन्द्र सरकार र केन्द्रीय अनुसन्धान एजेन्सी सक्रिय भएका छन् ।

विस्फोटपछि केन्द्रीय गृहमन्त्री अमित शाहले केरलाका मुख्यमन्त्रीसँग कुरा गरेका छन् ।  यसैबीच, NSG को NBDS टोली र NIA टोली केरला प्रस्थान गरेको छ।  सरकारले विषयको गम्भीरतालाई ध्यानमा राख्दै अस्पतालहरुलाई पूर्ण तयारी गर्न भनेको छ ।  स्वास्थ्यकर्मीको बिदा खारेज गरिएको छ ।

केरलाको एर्नाकुलमको कालामासेरीमा रहेको कन्भेन्सन सेन्टरमा यो विस्फोट भएको हो ।  प्रत्यक्षदर्शीका अनुसार कन्भेन्सन सेन्टरको हलमा एकपछि अर्को गरी तीनवटा विष्फोट भएको थियो ।  विष्फोट हुँदा घटनास्थलमा २००० भन्दा बढी मानिस उपस्थित थिए र सबै प्रार्थना गरिरहेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x