९ मंसिर २०८३, मंगलवार
भारतमा रेल दुर्घटना
एजेन्सी – भारतको आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा आइतबार (२९ अक्टोबर) दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका छन् । यस रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ५० यात्रु घाइते भएका छन् । सो घटना बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
रेल दुर्घटनामा संलग्न रेलहरूको नाम ०८५३२ विशाखापट्टनम-पलासा यात्री र ०८५०४ विशाखापट्टनम-रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ। यो टक्करका कारण धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो । यो रेल दुर्घटना भएको लाइन हावडा-चेन्नई लाईन भनिन्छ। अहिले रेलमार्ग सफा गर्ने काम भइरहेको छ । यस्तो अवस्थामा आन्ध्र प्रदेशमा भएको थियोे ।
Subscribe
Login
0 Comments


