९ मंसिर २०८३, मंगलवार

राष्ट्रसंघका महासचिव बोलाएर के सन्देश दिन चाहन्छन् प्रचण्ड ?

एसीपी संवाददाता

१३ कार्तिक २०८०, सोमबार १६:५८ मा प्रकाशित

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणमा नेपाल आइपुगेका छन् ।

उनलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । करिब १५ वर्षपछि नेपालमा राष्ट्रसंघका महासचिवको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

महासचिव गुटेरेसलाई नेपालले विदेशी सरकार प्रमुखको कूटनीतिक हैसियत दिएको छ । विस्तृत शान्ति सम्झौता भएको १७ वर्षसम्म पनि नेपालमा संक्रमणकालीन न्याय टुंगिएको छैन । अपूरो कानुन बन्दा सर्वोच्च अदालतले नै पूर्ण कानुन बनाउन आदेश दिए पनि संसद्ले अझै कानुन बनाउन सकेको छैन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरू चारवटा विषयमा सहमतिमा पुग्न सकेका छैनन् । टिआरसी विधेयक लामो समयदेखि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा अड्किएको छ ।

उपसमितिले विवाद थाती राखेर प्रतिवेदन बुझाए पनि पूर्ण समितिले सहमति जुटाउन नसक्दा संसद्मा आउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा महासचिव गुटेरेस नेपाल आएका हुन् ।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरेलगायत उच्च पदाधिकारीसँग भेट्ने तयारी छ । गुटेरेसले कात्तिक १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार संसद् सचिवालयलाई पत्र पठाउँदै संसद्को संयुक्त सदनमा महासचिव गुटेरेसको सम्बोधनको प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।

सरकारको आग्रहअनुसार सचिवालयले महासचिव गुटेरेसको सम्बोधनको तयारी थालेको हो । गुटेरेसको भ्रमणलाई केन्द्रित गरी प्रतिनिधिसभाको बैठक आइतबार आह्वान गरिएको छ ।

दुवै सदनको संयुक्त बैठक बस्ने निर्णय भएको छ । परराष्ट्र     मन्त्रालयका अनुसार महासचिव गुटेरेसको सम्बोधन विश्व शान्ति, नेपालको शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायको विषयमा केन्द्रित हुनेछ । प्रचण्ड अमेरिका जानुअघि नै टीआरसी विधेयक टुंग्याउन चाहन्थे ।

संक्रमणकालीन मुद्दा टुंगो नलाग्दा माओवादी नेताहरूमाथि जतिबेला पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्ने सम्भावना छ ।

त्यसकारण पनि प्रचण्ड यो विषय टुंगोमा पुर्याउन राष्ट्रसंघका महासचिवलाई नेपालमा बोलाएर दलहरूलाई दबाब बढाउन चाहेको विश्लेषण गर्न थालिएको छ । मिडियाडबलि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x