९ मंसिर २०८३, मंगलवार

मध्य गाँजापट्टीमा इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु

एसीपी संवाददाता

१४ कार्तिक २०८०, मंगलवार ०७:५५ मा प्रकाशित

गाजा– मध्य गाजापट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।

वाफाका अनुसार पीडितहरूलाई देइर अल बालाहको अल अक्सा अस्पतालमा ल्याइएको थियो, जहाँ उनीहरूलाई मृत घोषित गरिएको थियो।

उनीहरु माकोसी र बकरी परिवारका थिए, जो गाजापट्टीको उत्तरबाट भागेर शिविरको अल दावा जिल्लाको हमदान परिवारको भवनमा शरण लिएर बसेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x