९ मंसिर २०८३, मंगलवार

पाकिस्तानलाई क्षेप्यास्त्र प्रविधि आपूर्ति गर्ने तीन चिनियाँ कम्पनीमाथि अमेरिकाद्वारा प्रतिबन्धको घोषणा

एसीपी संवाददाता

१५ कार्तिक २०८०, बुधबार ०७:३५ मा प्रकाशित

वाशिंटन डिसी- पाकिस्तानलाई क्षेप्यास्त्रसम्बन्धी प्रविधि आपूर्ति गरेको आरोपमा अमेरिकाले तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले जनरल टेक्नोलोजी लिमिटेड, बेइजिङ लुओ लुओ टेक्निोलोजी डेभलपमेन्ट को लिमिटेड र चाङझोउ उटेक कम्पोजिट कम्पनी लिमिटेडमाथि प्रतिबन्ध लगाएको हो ।

यस घोषणाबाट विश्वभर आम नरसंहार गर्ने हतियारको न्यूनीकरणका लागि अमेरिकी दृढता प्रस्ट भएको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अमेरिकाको यस घोषणाबारे अमेरिकाको राजधानी वाशिंटन डीसीमा रहेको चिनियाँ राजदूतावासले कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x