२ श्रावण २०८३, शनिबार

हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन

एसीपी संवाददाता

३ कार्तिक २०७७, सोमबार १०:०६ मा प्रकाशित

धनगढीः प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ ।

मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै धनगढी चौराहमा प्रदर्शन गर्दै बजार बन्द गराउन थालेका छन् ।बिकको विभत्स हत्या गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, मृतकका परिवारको भरण पोषणको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

तुर्किस्तान मुस्लिम अल्पसंख्यक माथी सिन्जियाङमा नरसंहार भएको दावी

नियमित गस्तीमा गएका बेला वेपत्ता भएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक बिक आईतबार बिहान विभत्स हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएका थिए । उनको घाँटी र गर्धन रेटिएको थियो भने बिकसँगै गस्तीमा निस्किएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात छ । साउँदको खोजी जारी रहेको प्रहरीले जनाएको छ । दिनेशखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x