९ मंसिर २०८३, मंगलवार

सीपीसी तिब्बतका सचिव वाङ नेपाल आउँदै

एसीपी संवाददाता

१८ कार्तिक २०८०, शनिबार ०८:१० मा प्रकाशित

काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत सचिव वाङ जुङचेङ नेपाल आउने भएका छन् । परराष्ट्र स्रोतका अनुसार उनी कात्तिक २३ मा नेपाल भ्रमणमा आउन लागेका हुन् ।

उहाँले नेपाल भ्रमणमा के के सम्झौता गर्ने भन्ने सम्बन्धमा गृहकार्य भइरहेको छ । चिनियाँ पक्षका तर्फबाट नेपालस्थित चिनियाँ दूतावासले यसबारेमा काम गरिरहेको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘उहाँको भ्रमण दुईदेखि तीन दिनसम्मको हुनेछ ।’ प्रधानमन्त्री पुष्पकमल दाहालको असोजमा भएको चीन भ्रमणका दौरान सचिव वाङसँग पनि भेटवार्ता भएको थियो । उक्त अवसरमा दुई देशबीचको सहकार्य र सम्बन्धका बारेमा कुराकानी भएको थियो । त्यस क्रममा पूर्वाधार, सडक, ट्रान्समिसन लाइन, व्यापारिक र पारम्परिक नाका सञ्चालनमा ल्याउने, नेपालतर्फको सडकको स्तरोन्नति र विभिन्न परियोजना अघि बढाउनेलगायतका विषयमा सचिव वाङको भ्रमणमा कुराकानी हुने बताइएको छ ।

सन् २०१९ मा राष्ट्रपति सी चिनफिङले भ्रमण गर्दा, प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्दा र अन्य समयमा भएका सहमति र सम्झौताका सम्बन्धमा पनि कुराकानी हुनेछ । उनको भ्रमणका दौरान नेपाल र तिब्बतको ल्हासामा सिधा हवाई उडानका बारेमा पनि कुराकानी हुने गरी गृहकार्य भइरहेको स्रोतले बतायो । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x