९ मंसिर २०८३, मंगलवार

ईस्लामिक रास्ट्र पाकिस्तानबाट अफगानी मुस्लिमलाई देश निकाला गरिदै

एसीपी संवाददाता

१९ कार्तिक २०८०, आईतवार १०:३० मा प्रकाशित

पाकिस्तान –  पाकिस्तानले आफ्नो देशमा बसोबास गर्ने लगभग 17 लाख गैरकानुनी अफगानका मुस्लिम नागरिकलाई निष्कासन गरिरहेको छ।  पाकिस्तान सरकारले अफगान शरणार्थीहरूलाई देश छाड्न १ महिनाको समय दिएको थियो, जसको अवधि नोभेम्बर १ मा पूरा भएको थियो।  त्यसयता हजारौं अफगान नागरिक बसमा बसेर अफगानिस्तान फर्किरहेका छन् ।

हालै पाकिस्तानी महिला पत्रकार आरजू काजमीले आफ्नो कार्यक्रममा अफगानिस्तानका तालिबान रक्षामन्त्री मुल्लाह याकुबले पाकिस्तानलाई यस पछि हुने समस्या सहन गर्ने धम्की दिएको खुलासा गरेका छ्न । तालिबान अहिले पाकिस्तान सरकारको अफगानिस्तान का नागरिक लाई निकासी गरेको घटना बाट पूर्ण रूपमा आक्रोशित छ।   पाकिस्तानी महिला पत्रकार आरजु काजमीले पाकिस्तानी-अमेरिकी विज्ञ साजिद तरारसँग कुरा गर्दै तालिबान सरकारले पाकिस्तानलाई चेतावनी दिएको दाबी गरेकी छन् ।  इस्लामावाद प्रहरीले अफगान शरणार्थीहरूको सामान चोरेको दाबी गरेको छ  । चोरी गर्ने अभियुक्त खोज्ने काम सुरु भएको छ ।

पाकिस्तान सरकारले एक महिनाअघि बिना कागजातका रहेका अफगान जनतालाई आफ्नो देश फर्काउने घोषणा गरेको थियो ।  हालै भएको आतंकवादी हमलामा अफगान जनताको संलग्नता रहेको प्रमाण भेटिएपछि पाकिस्तानले यस्तो निर्णय गरेको हो ।  पाकिस्तानले अफगान शरणार्थीका घर बुलडोजरले भत्काएको छ ।  यसबाहेक नफर्केकालाई जेल हाल्ने गरेको छ । यस्तो समयमा, तालिबान सरकारले शरणार्थीहरूलाई निष्कासनमा पाकिस्तान सरकारसँग वार्ता गर्न अनुरोध गरेको थियो।  यसैबीच, तालिवान सरकारले अफगानिस्तानका जनताका लागि अफगानिस्तानमा आश्रयस्थल बनाउने घोषणा गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x