२ श्रावण २०८३, शनिबार

मधेसीको अस्तित्व नै मेटिन सक्ने खतरा – इरफान

एसीपी संवाददाता

४ कार्तिक २०७७, मंगलवार ०४:२३ मा प्रकाशित

जनमत पार्टी बाँकेले डुडुवा गाउँ पालिका (६ दशरतपुर्वामा अन्र्तक्रया कार्यक्रम सम्मपन्न गरेको छ । अन्र्तक्रिया कार्यक्रम पश्चात १७ सदस्य टोल समिति समेत गठन गरेको हो । गठित गाउँ कमिटिमा अध्यक्ष राम निवास तेली रहेका छन भने सदस्यद्वय बलराम सिंह, राजू बर्मा, राम सिंह सरदार , विनोद कुम्हार, गीता रैदास, मनीराम कोरी, माधव भाँट, राजेश कुम्हार, मूलचन्द बर्मा, जलादेवी चमार, लक्ष्छीराम बर्मा, रितेश शाहू, विश्वराम धोबी, कंधैय्या सिंह, कुन्ज विहारी धोबी, कम्मल कोरी रहेका छन, ।

कार्यक्रममा केन्द्रीय सदस्य इरफान शेष, जिल्ला अध्यक्ष रियाज अहमद शेष, वरिष्ठ नेतृत्व मन्डल सदस्य शैलेन्द्र कुमार कर्ण, डुडुवाका अध्यक्ष शेष अब्दुल वाहिद शेष, विद्यार्थी जनमत संघका नेता रियाज अंसारी, युवा नेता राजू अंसारी, जमाल खान, अय्युब शाह, रोज अलि शाह, डुडुवा गा.पा. सदस्य राहुल शेष, सम्शाद शेष, युवा जनमत संघका जिल्ला सदस्य फारूक हासमी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

चिनियाँ सैनिक नियन्त्रणमा


कार्यक्रममा संगठनको उद्देश्य , पार्टीको एजेन्डाको बारेमा शैलेन्द्र कर्णले मन्तब्य राखेका थिए भने, मन्तब्य कै क्रममै डुडुवा गाउपालिका अध्यक्ष अब्दुल वाहिद शेषले आफ्नो कुरा राख्ने क्रममा आउने दिनमा डुडुवा गाउँपालिका समेत मधेशको नेतृत्व अब जनमतले नै ठोकुवा गरेका छन, अर्का वक्ता जिल्ला अध्यक्ष रियाज अहमद शेषले संगठन , अधिवेशन लगायतका विषयमा कुरा राख्दै मधेसी जनतालाई जनमतमा जुट्न अह्वान गरेका छन जनमतले नै मधेशको सच्चा पार्टी भएको समेत भनेका छन, अहिले सबै पार्टीहरुले मधेशको नाममा मात्र कुर्सीको चलखेल गरेकाले अब मधेशको नेतृत्व बाबुराम होई मधेशका बेटा सिकेले गर्ने भनि मन्तब्य राखेका छन, कार्यक्रमको मुख्य अनुहार भएका नेता इरफान अहमदले आफ्नो कुरा राख्ने क्रममा मधेशको भविष्य मधेसी जनताको हातमा रहेको कुरा भनेका छन यदि मधेसी जनता अझै मधेशको सच्चा नेतृत्व छनौट गर्न सकेन भने आउने दिनमा मधेसीको अस्तित्व नै मेटिन सक्ने भनेका छन त्यही भएर मधेश निर्माणको क्रममा रहेको जनमत पार्टी संग जुट्न सबैलाई सुझाएका छन, असत्य माथि सत्यको विजय जस्तै लंका दहन भएको थियो त्यस्तै मधेशको लागि लंका रूपी रहेको नेपाली शासन प्रशासनको सम्राज्यलाई जनमतले नै दहन गर्ने भनेका छन, जनमत बाहेक मधेसी जनतालाई कसैले भलो गर्न नसक्ने भनेका छन अहिले सम्म काँग्रेस , एमाले, माओवादी , समाजवादी लगायतले लुटनेका मात्र गरेकोले अब यिनीहरूलाइ मधेशबाट लखेटने दिन आएको छ। मधेशी जनतालाई अब कुनै बहानामा लुट्न दिइने छैनौं भनि मन्तव्य दिदै साथै सबैलाई जनमतमा लागि मधेश बचाउन समेत भन्ने अभिव्यक्ती दिएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x