९ मंसिर २०८३, मंगलवार

पश्चिम एसियामा द्वन्द्व समाधानका लागि भारतले भूमिका खेल्न सक्छ : भारतका लागि जोर्डनका राजदूत

एसीपी संवाददाता

२ मंसिर २०८०, शनिबार ०८:३६ मा प्रकाशित

भारतका लागि जोर्डनका राजदूत मोहम्मद सलाम जमिल ए एफ एल कायेदले पश्चिम एसियामा जारी द्वन्द्वको समाधानका लागि उदीयमान राष्ट्रका रुपमा भारतले भूमिका गर्न सक्ने जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा राजदूत एल कायेदले मध्यपूर्वमा जारी द्वन्द्व समाधान गर्न एवम् त्यहाँ मृत्यु भइरहेका मानिसहरुको जीवन रक्षाका लागि भारतले भूमिका खेल्न सक्ने बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयबीच निरन्तर संवाद भइरहेको बताउँदै उनले पश्चिम एसियामा जारी सुरक्षा एवम् मानवीय सहायताबारे पनि छलफल भएको जानकारी दिए ।

संयुक्त राष्ट्रसंघमा इजरायल र हमासबीच जारी द्वन्द्वमा युद्धविरामबारे जोर्डनको नेतृत्वमा गरिएको प्रस्तावमाथि भएको मतदानमा भारत अनुपस्थित भएपछि जोर्डनका राजदूतको यस्तो भनाइ आएको हो ।

मतदानमा अनुपस्थित हुने भारतको निर्णय आन्तरिक मामिला भएकाले यसबारे हस्तक्षेप नगर्नेसमेत उनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x