२ श्रावण २०८३, शनिबार

आइसोलेसनमा साँसद चौधरीले गरे दसैँमा गरिने धार्मिक संस्कार

एसीपी संवाददाता

६ कार्तिक २०७७, बिहीबार १०:५१ मा प्रकाशित

भेरी अस्पतालको आइसोलेसनमा रहेका लुम्विनी प्रदेशका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले दसैँमा गरिने धार्मिक संस्कार अनुसार बुधवार आफ्नो कुल देवताको पूजा गरेका छन् । दहित थरका थारुले घटस्थापनाको पाँचौँ दिन अर्थात पञ्चममीका दिन आफ्नो कुल देवताको पूजा गरि दसैँ मनाउँने भएकोले पूर्व श्रमराज्य मन्त्री समेत रहेका चौधरीले आफ्नो संस्कार अनुसार भेरी अस्पतालको आइसोलेसनमै पूजापाठ गरेका हुन् ।

उनले बुधवार विहानै जिव्रो, निधार, छाती, पाखुरा, घुँडा र पैताला चिरेर रगत निकालेर चामलमा मुछे । रगतमा मुछेको चामल आफ्नो देवतालाई सम्झेर चढाए । त्यसपछि दारु, जल र दुध कुल देवताको नाममा चढाएको उनले बताए । दसैँमा आफ्नो कुल देवतालाई ज्यान दिन पनि तयार छु भन्ने देखाउन शरिरका विभिन्न भागबाट रगत निकालेर चढाउने गरिन्छ । ‘आइसोलेसनमा बसे पनि आफ्नो कुल देवतालाई आफ्नो शरिरको विभिन्न भागबाट रगत निकालेर नचढाई बस्न सकेन,’ उनले भने, ‘मेरो देवतालाई जिन्दगी बाचुन्जेल मैले सक्ने र मेरो परम्परा अनुसार पूजा गरिरहनेछु ।’
उनले मंगलवार राती आफ्नो संस्कृति, परम्परा र संस्कार अनुसार गरिने पूजाका लागि सामग्री मगाए ।

देवतालाई दारु र जल चढाउन प्रयोग गरिने माटोको करई (टुटी भएको माटोको भाँडो) किन्न लगाए । ‘घरमा बनाएका दारु र गार्ईको दुध ल्याउन अह्राए । आफ्नो कुल देवताको थानलाई सम्झेर आफ्नो कर्तब्य निर्वाह गरेँ,’ पूर्व मन्त्री चौधरीले भने ।

हुम्लामा पहिल्यैदेखि लफडा
उनले यसबर्षको दसैँ खल्लो हुने बताए । उनी ९ कात्तिकमा आइसोलेसनबाट डिस्चार्ज हुने भएका छन् । आइसोलेसनबाट डिस्चार्ज भए पनि थप तीन दिन होम आइसोलेसनमा बस्ने उनले स्पष्ट पारे । ‘यस बर्ष दसैँको टिका थाप्ने र आशिर्वाद दिने काम नगर्ने मनस्थितिमा छु,’ उनले भने, ‘कोरोनाको ख्याल नगर्दा भोली समस्या हुन सक्छ । तपाईहरु पनि सामाजिक दूरी र स्वास्थ्य सुरक्षा अपनाएर दसैँ मनाउनु होला ।’गोचाली

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x