इस्लामिक देशहरूले गाजालाई सघाउन किन सकिरहेका छैनन् ?
इस्लामिक देशहरूको संगठन अर्गनाइजेसन अफ इस्लामिक कन्ट्रिज (ओआईसी) को भर्खरै सम्पन्न शिखर सम्मेलनले एउटा विषय एकदमै प्रष्ट पारेको छ। त्यो हो- बाहिर भनिने/सुनिने सबै दाबीहरूका बावजुद कुनै पनि प्रमुख अरब राष्ट्र प्यालेस्टिनीहरूको साथ खडा छैन। अल्जेरियाले ओआईसीलाई तेल अविवसँग सबै कूटनीतिक र आर्थिक सम्बन्धमा रोक लगाउन, इजरायली उडानहरूको लागि अरब हवाई क्षेत्र बन्द गर्न र गाजामा युद्धविरामको लागि दबाब दिन प्रस्ताव गर्यो।
तर जुन देशहरूले यसलाई पारित हुनबाट रोके, उनीहरूको नाम सुन्दा तपाईं छक्क पर्नुहुनेछ। यसमा अरबी दुनियाँको राजनीतिक केन्द्र अरब र यसको आर्थिक नेतृत्व यूएई सहभागी थियो। आफ्नो जनसङ्ख्याको दुई तिहाइ प्यालेस्टाइनमा रहेको जोर्डन जसले इजरायललाई कडा शब्दमा निन्दा गर्छ।
अर्को ठूलो अरब राष्ट्र इजिप्ट गाजा र सुडानमा हुने कुनै पनि घटनाबाट सबैभन्दा बढी प्रभावित हुन्छ। र बहराइन, मोरक्को लगायत देशसँग मिलेर अलकायदालाई आश्रय दिन्छ भनेर अहिलेसम्म मानिने सुडान समेत यी सबै देशहरू प्यालेस्टिनीहरूको पक्षमा अल्जेरियाले राखेको प्रस्तावको विपक्षमा उभिए। सम्मेलनमा सहभागी नभएका प्रभावशाली गैर-अरब मुस्लिम राष्ट्रहरू- टर्की र इन्डोनेसियाले पनि केही गरिरहेका छैनन्।


