९ मंसिर २०८३, मंगलवार

दुर्गा प्रसाईंको प्रदर्शनमा उत्तेजक नारा, अनियन्त्रित भीड

एसीपी संवाददाता

८ मंसिर २०८०, शुक्रबार ०९:२२ मा प्रकाशित

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नै अगुवाईमा भएको प्रदर्शनलाई सम्बोधन गर्न त्रिवि परीक्षा नियन्त्रण कार्यालयको प्रवेशद्वार अगाडि मूल सडकमा भाषण गरिरहेका थिए । प्रसाईंको भाषण चलिरहँदा प्रदर्शनकारीको ठूलो हिस्सा भने बल्खुको मुख्य चोकमा नाराबाजी गरिरहेको थियो ।

प्रसाईंले भाषण गरिरहेकै बेला राप्रपाका नेता ज्ञानेन्द्र शाही पनि बल्खु आइपुगे । राजतन्त्रको वकालत गरिरहेको राप्रपाभित्र प्रसाईंको प्रदर्शनलाई समर्थन गर्ने विषयमा एकमत नहुँदा नहुँदै पनि शाही बल्खु पुगेका थिए । उनी पुगेसँगै केही प्रदर्शनकारी नाराबाजी गर्दै उनीसँगै भ्यानमाथि बनाइएको मञ्चमा पुगे ।

मुख्य अगुवा प्रसाईं र उस्तै समर्थक शाहीले गणतन्त्रको विरोधमा र राजतन्त्रको पक्षमा भाषण गरिरहँदा केही प्रदर्शनकारीहरूलाई मतलब नहुनु रोचक दृश्य थियो । उनीहरू आफ्ना निजी समस्याबारे नाराबाजी र छलफल गरिरहेका थिए ।

सुरक्षा निकायको विश्लेषणअनुसार बल्खुमा भएको प्रदर्शन र विभिन्न कारणले कार्यक्रमस्थल पुग्न नसकेकाहरू गरी ८ देखि १० हजार आसापासमा प्रदर्शनकारीहरू काठमाडौँमा जम्मा भएका थिए ।

प्रसाईले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिएर गरेको यो प्रर्दशनमा उनका समर्थक जति उपस्थित थिए त्योभन्दा बढी राजधानीमा ठूलो प्रदर्शन हुँदैछ भनेर सुनेर आएकाहरू थिए ।

भाषणका क्रममा प्रसाईंले यसअघि विभिन्न अन्तर्वार्ता र कार्यक्रममा जस्तै अभिव्यक्ति दोहोर्‍याए । उनी आफैंले भाषणमा भने, ‘मैले भन्नु पर्ने नयाँ कुरा केही छैन । तपाईंहरूले मेरा अन्तर्वार्तामा सबै सुनिरहनुभएकै छ । हो, त्यसैका विरुद्ध यो जनविद्रोह सुरु भएको छ । अब यो रोकिँदैन ।’ अन्लाईनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x