२ श्रावण २०८३, शनिबार

ठकुरी सहयोग संजाल बाँकेको संयूक्त आयोजनामा खाद्यन्न राहत बितरण

एसीपी संवाददाता

७ कार्तिक २०७७, शुक्रबार ०६:३३ मा प्रकाशित

नेपालगंजमा अतिबिपन्न परिवार र प्रत्येक्ष रुपमा प्रभावित भएकाहरुलाई बिहिबार ठकुरी समाज द्वारा खाद्यन्न समाग्री राहत बितरण गरिएको छ । हस्त कृति कला बुद्ध बिहार र ठकुरी सहयोग संजाल बाँकेको संयूक्त आयोजनामा खाद्यन्न राहत बितरण गरिएको हो ।

भारतले नाका खोल्यो हल्ला चले पछि आवतजावत गर्नेको भिड

लिनुको दिनु पर्यो प्रधानमन्त्री केपी ओलीलाई

लकडाउनका बेला प्रत्येक्ष रुपमा संकटमा परेका बिभिन्न परिवारका १०० जनालाई खाद्यन्न राहत बितरण गरिएको थियो । संजाल अरुण बिक्रम शाहले जानकारी दिनु भयो । जनही एक जनालाई १० किलो चावल ७ किलो आलु १ किलो दाल १ किलो दाल २ किलो पिठो बितरण गरिएको हो । कार्यक्रममा प्रमुख अथिती नेपालगंउपमहानगरपलिकाका मेयर डा. धवलशम्सेर राणाले खाद्यन्न समाग्री बितरण गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता यसोधरा गुरुमाँ गर्नु भएको थियो । कार्यक्रममा नेपालगंज उपमहानगरपालिका वडा २ का अध्यक्ष सुनिल सिंह हमाल १३ वडा का अध्यक्ष बिरन्द्र बहादुर शाह , संजाल कर्णाली प्रदेश प्रमुख देव बहादुर शाही, लुम्बिनी संयोजक संयोग जंग शाह बिश्व हिन्दु युवा संघका जिल्ला सदस्य अर्जुन जंग शाह, ठकुरी पत्रकार समाज नेपाल अध्यक्ष करुणा शाह लगाएतको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन सचिव यूवराज शाहले गर्नु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x