२ श्रावण २०८३, शनिबार

जनमतको गाँउकमिटी धमाधम बिस्तार गर्दे जिल्ला अधिबेशन तयारी

एसीपी संवाददाता

७ कार्तिक २०७७, शुक्रबार १३:२१ मा प्रकाशित

जनमत पार्टी बाँकेले शुक्रबार आफ्नो संगठन निर्माणलाई तीव्रता दिदै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ को करियातीपुर्वामा ११ सदस्य गाउँकमिटी गठन गरेको छ ।
भेलाले अध्यक्षमा सुनिल वर्मा, उपाध्यक्ष नन्कु कोरी , सचिव मँहगू कोरी, कोषाध्यक्ष राम किशोर कोरी, सदस्यद्वय(रानी कोरी, छुहारा कोरी,मीना खटिक, सावित्री खटिक, दुलारे खटिक,सुमन बर्मा र नीरा खटिक सहितको समिति गठन गरिएको छ ।

जनमत पार्टीको गठित समितिको भेलामा जनमत पार्टीका नेता तथा जिल्ला सदस्य नजमा बागवानको प्रमुख उपस्थितिमा रहेको थियो । जोया शेष, जश्मिन शेष यस्तै वडा नंबर १४ कै अर्को गाउँ बभनपुर्वा गाउँको पनि ११ सदस्यीय समिति गठन गरिएको छ ।

कमितिका अध्यक्षमा शम्भु प्रसाद पासी, उपाध्यक्ष कृपाराम लोनिया, सचिव सुखराम पासी, कोषाध्यक्ष शौरभ शर्मा, सदस्यद्वय झवरी पासी, सवली कोरी, राम कुमारी लोनिया,सम्पता लोनिया, कुन्नी लोनिया, रुचि पाण्डेय, गीता शर्मा तथा सरिता शर्मा रहेका छन ।

त्यस्तै वडा नंबर १४ कै भवनियापुर गाउँको ११ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ । गाउँकमिटी अध्यक्षमा सावनी प्रसाद कुर्मी, उपाध्यक्ष श्याम विहारी शाहू, सचिव कमलेश खटिक , कोषाध्यक्ष सुन्तला चमार, सदस्यद्वय गुड्डी तेली, सेमावती चमार, अरुण रैदास, सहदेव प्रसाद कोरी, रानी कोरी, राम पारस कोरी तथा धन्नु खटिक रहेका छन । यस्तै डुडुवा गाउपालिका वडा नंबर ६ को फकिरे पुर्वाको गाउँ कमिटी गठन गरिएको छ ।

कमिटीका अध्यक्ष राम कुमार रैदास, सदस्यद्वय लच्छीराम वर्मा, सोहन बर्मा, पहलाद धोबी, गोरख सोनकर , बरसाती रैदास , रमेश रैदास, दिनेश रैदास, ब्रिजेश बर्मा, हंशराम धोबी, राजू बर्मा तथा राम कुमार बर्मा सहित १३ सदस्यीय समिति युवा नेता शम्साद शेषको अगुवाईमा गरिएको छ । कार्यक्रममा उम्मेद शेष, इसारत शाह, रोज अलि शेष लगायतको उपस्थिति रहेको थियो। अबको दिनमा मधेशको जनमतले नेतृत्व लिइने नै हाम्रो प्रमुख एजेन्डा रहेको छ , जनमत पार्टी बाहेक सबै पार्टी मधेशलाई ठगि गरेकोले अब मधेशी जनता सामू जनमत बाहेक कुनै बिकल्प नरहेको ले अब जनमत पार्टी आउने निस्चत भईसकेको छ।

मधेशमा अब ठगि गर्ने नेताहरूको दिन गई सकेकोले अब जनमत मै लाग्न सबै जनसमुदायलाई अनुरोध गर्दछौं।
सबै नेतागण जोया शेष, नाजमा बागवान, शम्शाद शेष, रियाज अंसारी, जास्मिन शेष, लगायतका नेताहरूलाई विशेष धन्यवाद।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] जनमतको गाँउकमिटी धमाधम बिस्तार गर्दे… […]

1
0
Would love your thoughts, please comment.x
()
x