२ श्रावण २०८३, शनिबार

बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ७२ जना कोरोना संक्रमित

एसीपी संवाददाता

७ कार्तिक २०७७, शुक्रबार १४:१६ मा प्रकाशित


बाँकेमा शुक्रबार ४४ जना सहित ७२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा २४ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा १९ जना र बागेश्वरी डाइग्नोष्टिक ल्याबमा १ जना गरी बाँकेमा मात्रै ४४ जना थपिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठले बताउनु भयो ।

प्रहरीद्वारा भन्सार छलि ल्याएको ठूलो मात्रामा अटो पार्टस बरामद

भारतले नाका खोल्यो हल्ला चले पछि आवतजावत गर्नेको भिड

त्यस्तै जिल्ला बाहिरका भेरी अस्पतालको प्रयोगशालामा १७ जना नेपालगंज मेडिकल कलेज कोहलपुर १० र बागेश्वारी ल्याब भएको परिक्षणमा १ गरी २८ जनामा कोरोना पुष्टि भएको छ । बाँकेमा शुक्रबार पुष्टि भएकाहरुमा २९ पुरुष र १५ महिला छन् ।

यो संगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या २ हजार ९ सय ४५ पुगेको छ । हालसम्म २ हजार ३ सय १५ जना निको हुँदा २९ जनाको मृत्यु भएको छ । अहिले ६ सय १ जना आइसोलेसनमा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x