९ मंसिर २०८३, मंगलवार
प्रहरीको पोशाक लगाएका लुटेराहरुद्वारा लाहोरमा भारतीय सिख परिवार लुटियो
लाहोर, । पाकिस्तानको पञ्जाब प्रान्तको राजधानी लाहोरमा एक भारतीय सिख परिवारलाई ’प्रहरीको वर्दी लगाए आएका लुटेराहरूले’ लुटेको प्रहरीले बिहीबार जनाएको छ ।
प्रहरीका अनुसार गुरु नानक देवको जन्मजयन्ती समारोहमा सहभागी हुन भारतबाट पाकिस्तानको लाहोर गएका कंवल जीत सिंह र उनका परिवारका सदस्यहरू बुधबार गुरुद्वारा जन्मस्थान ननकाना साहिबबाट फर्किएर किनमेल गर्न लाहोरको गुलबर्ग इलाकाको लिबर्टी मार्केटमा गएका थिए ।
“जब सिख परिवार एक पसलबाट बाहिर निस्कियो, प्रहरी वर्दीमा दुईजना लुटेराहरूले उनीहरूलाई रोकेर बन्दुकको तेश्रयाएर नगद र गहना लुटे,” लाहोर प्रहरीका प्रवक्ता एहतशाम हैदरले पीटीआईलाई भने ।
श्रोतः पीटीआई
Subscribe
Login
0 Comments


