९ मंसिर २०८३, मंगलवार

निर्वाचनलाई प्रभावित बनाउन चीनले नेताहरुलाई घुमघामको व्यवस्था

एसीपी संवाददाता

२८ मंसिर २०८०, बिहीबार ०७:०२ मा प्रकाशित

ताइपेई- ताइवानमा हुन लागेको निर्वाचनलाई प्रभावित बनाउन चीनले त्यहाँका नेताहरुलाई घुमघामको व्यवस्था मिलाएको पाइएको छ । ताइवानी सुरक्षा निकायहरुले सस्तो भ्रमण, यातायात, खानपिनजस्ता सुविधा दिएर चीनको ताइवान मामिला कार्यालयले नेताहरुलाई भ्रमणमा लगेको जनाएका छन् ।

ताइवानमा अर्को वर्षको जनवरी १३ मा राष्ट्रपतीय एवम् संसदीय निर्वाचन हुँदैछ । ताइवानको कानुनले निर्वाचन अभियानमा चीनसहित ‘विदेशी दुश्मन शक्ति’ बाट पैसा लिन बन्देज लगाएको छ ।

यस कानुनको उल्लङ्घन गरेको विषयमा राजनीतिक दलका सदस्यलगायत २२ जनामाथि औपचारिक अनुसन्धान भइरहेको रोयटर्सले जनाएको छ । त्यसबाहेक अन्य ४ सय भ्रमणबारे पनि छानबिन भइरहेको जनाइएको छ ।

यस्तो भ्रमणमा गएकाहरुले आफ्नै खर्चमा जहाजको टिकट काटेपनि त्यहाँ रहँदाबस्दाको सुविधा भने चिनियाँ पक्षले तिर्ने गरेको ताइवानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । सन् २०२३ मा मात्रै ताइवानका १ हजारभन्दा धेरै स्थानीय नेताहरुले चीनको भ्रमण गरेका छन् ।खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x