९ मंसिर २०८३, मंगलवार

हमासबीच जारी युद्धमा हालसम्म १८ हजार भन्दा बढी मानिसको मृत्यु

एसीपी संवाददाता

३० मंसिर २०८०, शनिबार ०९:१८ मा प्रकाशित

गाजा– इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा हालसम्म १८ हजार भन्दा बढी मानिस मारिएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल कुद्राले शुक्रबार मात्रै इजरायली आक्रमणमा परी कम्तीमा १७९ जनाको मृत्यु भएको र ३०३ जना घाइते भएको बताएका छन्।

उनका अनुसार गाजा क्षेत्रका भग्नावशेषमुनि र सडकमा अझै ठूलो सङ्ख्यामा मानिसहरू रहेका छन् । 

अक्टोबर ७ देखि सुरु भएको युद्धमा अहिलेसम्म मृत्यु हुनेको संख्या १८ हजार ७ सय ८७ पुगेको र ५० हजार ८९७ घाइते भएको मन्त्रालयले जनाएको छ । एजेन्सी 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x