९ मंसिर २०८३, मंगलवार
भारतमा एक साताको अवधिमा ९२ जना सांसद निलम्बनमा
भारतमा एक साताको अवधिमा ९२ जना सांसद निलम्बनमा परेका छन् । गत डिसेम्बर १४ र सोमबार गरी जम्मा ९२ जना सांसद निलम्बित भएका भारतीय सञ्चारमाध्यम स्क्रोल इनले लेखेको छ ।
‘पटक–पटक संसदको कार्यवाही अवरूद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई निलम्बन गरिएको छ । जसमा भारतीय संसदको तल्लो सदन लोकसभाका ३३ जना र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसद छन् ।
त्यस्तै यसअघि लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसदलाई सदनको कार्यवाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बन गरिएको थियो । यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ ।
Subscribe
Login
0 Comments


