मोदीऊ भासण हिन्दी बाट एआईले उनको भाषणलाई तामिलमा रूपान्तरण
काठमाडौं । आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दूहरूको पवित्र धाम बनारस क्षेत्रमा थिए ।
उनको चुनावी क्षेत्रमा उनले राजनीतिक भाषण गरे । उनको भाषण हिन्दीमा थियो । तर, उनले भाषण गरेकै समयमा उनकै आवाजमा एआईले उनको भाषण तामिलमा रूपान्तरण गरिरहेको थियो ।
मोदीले चुनावी अभियानमा उत्तरी भारतको सम्बोधनको कुरा दक्षिणी भारतको तामिल भाषामा एकै समयमा पुर्याउन सफलता पाए
भारतीय प्राविधिकहरूले विकास गरेको मौलिक एआई एप ‘भाषिनी’ प्रयोग गरेर मोदीले बोलेको कुरा तामिलमा उनकै आवाजमा रूपान्तरण भएको थियो ।
वाराणसीको भाषण गर्दा तामिलका नागरिकहरूलाई सम्बोधन गर्दै मोदीले भनेका थिए, ‘तामिलनाडुमा हुनेहरूलाई म इयरफोन प्रयोग गरेर पहिलो पटक एआई प्रयोग गर्न आग्रह गर्दछु ।’
भारतीय प्रधानमन्त्रीले एआई प्रयोग गरेर गरेको चुनावी भाषणको चर्चा विश्वभर भएको छ ।
रुसको विश्व च्यानल आरटीले यसलाई प्राथामिकताका साथ प्रकाशन गरेको छ ।


