२ श्रावण २०८३, शनिबार

मंगलबार ८४ जना नयाँ संक्रमित थपिए रुपन्देहीमा

एसीपी संवाददाता

११ कार्तिक २०७७, मंगलवार १३:०१ मा प्रकाशित

बुटवल । रुपन्देहीमा मंगलबार ८४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको अपडेट अनुसार संक्रमित हुनेहरुमा ३७ जना महिला र ४७ जना पुरुष रहेका छन् ।

सबैभन्द धेरै बुटवल उपमहानगरपालिकाका १७ महिला र १८ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

यसैगरी सिद्धार्थ नगर नगरपालिकामा १० जना महिला र १२ जना पुरुषलाई संक्रमण भएको छ भने तिलोत्तमामा ८ जना महिला र १३ जना पुरुष संक्रमित भएका छन् ।

यस्तै, देवदहमा १ जना महिला, सैनामैनामा ३ जना पुरुष र ओमसतिया गाउँपालिकामा एक महिला र एक पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा हालसम्म संक्रमितको संख्या ५ हजार ९१८ पुगेको छ । जसमध्ये ६८ जनाको मृत्यु भएको छ भने ३ हजार २७ जना निको भएका छन् ।

आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार १२३ रहेको छ ।खबरकुराबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x