१० आश्विन २०८३, शनिबार

भारत अहिले हतियार निर्यात गर्ने देशको श्रेणीमा

एसीपी संवाददाता

५ पुष २०८०, बिहीबार १६:४८ मा प्रकाशित

एजेन्सी –  भारत अहिले हतियार निर्यात गर्ने देश बनेको छ ।  अहिले विश्वका धेरै देशले भारतमा बनेका हतियार किनिरहेका छन् ।  यसको पछिल्लो उदाहरण एसियाली देश आर्मेनिया हो, जहाँ भारतले ‘मेक इन इन्डिया’ वायु रक्षा प्रणाली पठाउन लागेको छ ।  आर्मेनियाले भारतको आकाश एयर डिफेन्स मिसाइल प्रणाली किन्नको लागि ठूलो अर्डर दिएको छ।

इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार भारत र आर्मेनियाबीच आकाश एयर डिफेन्स मिसाइल प्रणालीका लागि ६ हजार करोडको सम्झौता भएको छ ।  यस्तो अवस्थामा छिट्टै भारतबाट हतियार पठाउने काम सुरु हुन्छ ।  आकाश एयर डिफेन्स मिसाइल प्रणाली भारतको आफ्नै कम्पनी भारत डायनामिक्स लिमिटेड (BDL) द्वारा निर्मित छ।

वास्तवमा, भारतीय सेनाले पहिले नै तिनीहरूलाई प्रयोग गरिरहेको छ।  यससँगै अन्य देशले पनि यो हतियार खरिद गर्न चासो देखाउँदै आएका छन्, जसमा भियतनाम र फिलिपिन्सको विषयमा छलफल तीव्र छ र छिट्टै सम्झौता हुने विश्वास छ ।

गत वर्षको अप्रिलमा भारतले हवाई आक्रमण रोक्नको लागि एउटा प्रणालीको अर्डर प्राप्त गरेको बताएको थियो तर कसलाई बिक्री गर्ने भन्नेबारे केही बताइएको थिएन।  तर, अब भारतले आर्मेनियालाई आकाश एयर डिफेन्स मिसाइल प्रणाली बेच्न लागेको जानकारी आएको छ ।  यसअघि मार्चमा भारतीय सेनाले ८ हजार करोड भारुमा यो प्रणालीको अर्डर गरेको थियो ।

भर्खरै आकाश मिसाइलको परिक्षण गरिएको थियो, जसमा एउटा मिसाइलले एकैसाथ चारवटा लक्ष्य (मानवरहित हवाई लक्ष्य) मा प्रहार गरेको थियो ।  विशेष कुरा के छ भने यो डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले बनाएको हो र यसमा रहेका ८२ प्रतिशत सामाग्री भारतमा बनेको छ भने परियोजनाको लागतको ६० प्रतिशत साना तथा ठूला कारखानाहरुलाई दिइएको छ ।  गत वर्ष नोभेम्बरमा कल्याणी रणनीतिक प्रणालीले एउटा देशसँग १५ करोड ५० लाख डलरको बन्दुकको सम्झौता गरेको र यो सम्झौता आर्मेनियाका लागि पनि भएको बताएको थियो । एएनआई

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x