९ मंसिर २०८३, मंगलवार

सैन्य प्रदर्शनले ताईवान् को निर्वाचनमा आफ्नो प्रभाव देखाउदै चीन

एसीपी संवाददाता

९ पुष २०८०, सोमबार ११:०४ मा प्रकाशित

ताइवान । ताइवानले चीनले आफ्नो क्षेत्रमा लडाकु विमान र नौसैनिक जहाज पठाएको जनाएको छ। ताइवानमा राष्ट्रपतीय निर्वाचन हुन तीन साता बाँकी रहेका बेला चीनले यस्तो कदम चालेको हो । चीनले आफ्नो पार्न ताईवान् मा शक्ति प्रदर्शन गर्न लागेको हो ।

चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ र विगतमा ताइवानको चुनावअघि धेरै पटक आफ्नो सैन्य क्षमता प्रदर्शन गरिसकेको छ। यसैबिच, चीनले शुक्रबार ताइवानबाट ग्रूपर माछा (माछाको एक जात) निर्यातमा प्रतिबन्ध हटाउने निर्णय गरेको छ। चीनले बेला बेलामा सैन्य शक्ति प्रयोग गरेर ताईवान् लाई कब्जा लिने मन्साय बनाएको छ ।

कतिपय विश्लेषकहरूले ताइवानलाई लिएर चीनले एकैसाथ कठोरता र कोमलताको नीति देखाएको विश्वास गर्छन्। ताइवानको राष्ट्रपतीय चुनावमा उम्मेदवारहरू चीनसँग कसरी व्यवहार गर्ने भन्ने कुरामा भिन्न छन् । निर्वाचनमा आफ्नो पछ्को मानिस रास्ट्रपति बनोस् चीन चाहाना हुँदा पनि उसले ताईवान् कब्जा गर्ने नीति मै छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x