२ श्रावण २०८३, शनिबार

देशभर थप २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

१३ कार्तिक २०७७, बिहीबार ११:२४ मा प्रकाशित

काठमाडौं १३,कात्तिक । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहिवार थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ७६९ नमूना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर कोरोना भाईरस संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।
देशभरबाट कोरोना संक्रमण मुक्त भई बिहिवार ३ हजार ३८ जना डिस्चार्ज भएका छन् । अब संक्रमण जितेर डिस्चार्ज हुनेको कुल संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । देशभर सक्रिय संक्रमित ३८ हजार ९५२ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x