२ श्रावण २०८३, शनिबार

टिका नसकिदै नेपाली सिमानाका घन्टौंको लाइनमा ,भारत जानेको लर्को

एसीपी संवाददाता

१४ कार्तिक २०७७, शुक्रबार ०४:५२ मा प्रकाशित

दसैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए ।
कोरोना महामारीको डरले जन्मथलो फर्केका किसन फेरि कर्मथलोमा फर्कनु बाध्यता भएको बताउँछन् । ‘आफ्नो बारीको उत्पादनले खान पुग्दैन, नेपालमा रोजगारी छैन,’ उनले भने, ‘कामका लागि भारत पस्नु बाध्यता हो ।’
१५ वर्षदेखि बरौलीमा सुरक्षागार्डको काम गर्दै आएका किसनको परिवार पनि सँगै बस्दै आएको छ । अरू वर्ष दसैं मनाउन असोजमा घर आउने गरेका किसन तिहारपछि फर्कन्थे । यो वर्ष भने कोरोना संक्रमणबाट बच्न गत असारमै घर आएका थिए । ‘कोरोनाको डर अब यहाँ पनि उत्तिकै छ,’ उनले भने, ‘आफ्नो सुरक्षामा ध्यान पुर्‍याएर कर्मथलोमै जानु उचित ठानेर फर्कन लागेका हौं ।’ भारतमा कमाएको पैसाले घरमा बस्नेहरूको गुजारा चल्ने गरेको उनले बताए ।
आमा, बुबा, दाजु, भाइ, बहिनीलगायत ११ जनाको परिवारको मियो हुन् उनी । ‘उनीहरू मेरै कमाइको भरोसामा छन्,’ उनले भने, ‘आफूले भारतमा कमाएको पैसाले जहानपरिवारको घर खर्च चल्छ ।’ उनीसँगै गाउँका १७ जना बरौली, मुम्बईलगायत भारतीय सहरमा जाँदै छन् । उनीहरू बुधबार घरबाट निस्केका हुन् ।
सरकारले रोजगारी गुमाएर घर फर्केकालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरे पनि कोरोना कहरबीच बिदेसिइरहेका युवाले भने कुनै जानकारीसमेत नपाएको गुनासो गरेका छन् ।

गाउँमा रोजगारी नभएको र भारतका सबैजसो ठाउँमा काम पाइने, रासन सस्तो हुने र ज्याला पनि राम्रो भएकाले आफूहरू वर्षौंदेखि उतै गइरहेको उनीहरू बताउँछन् । ‘गएको वैशाखमा मुम्बईबाट घरमै केही गर्नुपर्छ भनेर फर्केको थिएँ,’ कैलाली टीकापुर । साभार इकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x