९ मंसिर २०८३, मंगलवार

कांग्रेसले युवा नेता जितजंग बस्नेतलाई बनायो राष्ट्रिय सभाको उम्मेदवार, देशभरका तरुणहरुमा उमंग

एसीपी संवाददाता

२३ पुष २०८०, सोमबार १३:३९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले युवा नेता जितजंग बस्नेतलाई राष्ट्रिय सभा सदस्य उम्मेद्वार बनाएको छ ।

नेपाल तरूण दलका पूर्वअध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य बस्नेतलाई कांग्रेसले बागमती प्रदेशबाट अन्य कलस्टरमा उम्मेद्वार बनाएको हो ।

प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता रहने राष्ट्रिय सभामा कांग्रेस बलियो भएको र गठबन्धन भएकाले बस्नेत जित निश्चित छ ।

११ माघमा हुने चुनावमा बस्नेत ६ वर्षे पदावधिका लागि निर्वाचित हुनेछन् । बस्नेतलाई उम्मेदवार बनाउने निर्णयको युवाहरूले प्रशंसा गरेका छन् ।

एक युवाले लेखेका छन्ः

देशको नीतिनिर्माण तहमा परोपकारी कर्मको उज्ज्यालो पृष्ठभूमि भयका अत्यन्तै असल, निष्ठावान र निश्वार्थि नेताको प्रवेश सम्पुर्ण  नेपालीहरुको लागि खुसी र गर्वको अनुभुतीको क्षण हो । नेपाली तरुणहरुको उत्प्रेरणा र उर्जाको केन्द्रविन्दु बन्नुभयका नेपाल तरुण दलका निवर्तमान अध्यक्ष एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य  लोकतन्त्रवादी  सच्चा एवं इमान्दार मेरो अत्यन्तै प्रिय र आदरणीय नेता जितजङ्ग वस्नेत ज्युलाई नेपाली  काङ्ग्रेसको तर्फबाट गरिमामय  राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनौट हुनुभयकोमा धेरै धेरै बाधाइ तथा सफलताको लागि हार्दिक शुभकामना । जय नेपाल जय तरुण

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x