२ श्रावण २०८३, शनिबार

नाराबाजीमा उत्रिएका नेपाली विरुद्ध मुद्दा

एसीपी संवाददाता

१५ कार्तिक २०७७, शनिबार ०३:५४ मा प्रकाशित

साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको मुद्दा लागेको छ । स्थानीय प्रशासनले उनीमाथि मुद्दा चलाएको हो ।

घर फिर्न नपाएका नेपाली श्रमिकहरूले गत भदौ २१ गते रियादस्थित समास्को कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
साउदीमा यसअघि नेपाली श्रमिकविरुद्ध शान्तिसुरक्षासम्बन्धी मुद्दा लागेको थिएन । सार्वजनिक स्थानमा कुनै पनि प्रकारको धर्ना र नाराबाजी गर्न साउदीमा मनाही छ । नेपाली राजदूत महेन्द्रसिंह राजपुतले ती नेपालीलाई माफी दिई स्वदेश पठाउन पहल भइरहेको बताए । इकान्तपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x