२ श्रावण २०८३, शनिबार
टर्कीको इज्मिर शहर आसपासको क्षेत्रका शक्तिशाली भुकम्प
सात म्याग्निट्युडको शक्तिशाली भूकम्पले टर्कीको इज्मिर शहर आसपासको क्षेत्रका भवनहरूमा क्षति पुर्याएको छ।
स्थानीय अधिकारीहरूका अनुसार २० वटा घर भत्केका छन्।
मानिसहरू पुरिएको हुनसक्ने आशङ्कामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन्।
अहिले
सम्म चार जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको विवरण प्राप्त भएका छन्।
अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो।
टर्कीमा भूकम्प गइरहन्छ। सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए। बिबिसी
Subscribe
Login
0 Comments



