२ श्रावण २०८३, शनिबार

भुकम्प पछिको पशुपतिनाथ ड्रइङ डिजाइन तयार

एसीपी संवाददाता

१५ कार्तिक २०७७, शनिबार ०९:२४ मा प्रकाशित

पशुपति क्षेत्र विकास कोषले विश्वरूप मन्दिरको पुरानै शैलीमा पुनर्निर्माण गरिने बताएको छ ।
भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनर्निर्माणका लागि पुरातत्व विभागले ड्रइङ डिजाइन स्वीकृत दिएसँगै विभागसँगको समन्वयमा मन्दिरको पुरानै शैलीमा निर्माण गरिने कोषले बताएको हो । मन्दिरसहित वरिपरिको सत्तल पुनर्निर्माणका लागि अहिले ७१ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएपनि बहुवर्षीय योजनाअन्तर्गत पुनर्निर्माण गरिने भएकाले कम्तीमा १ अर्ब रुपैया लाग्ने अनुमान गरिएको भन्दै लागत पूर्वानुमानको पुनःसमीक्षा भइरहेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिनुभयो । विश्वरुप मन्दिर पशुपति क्षेत्रकै सबै भन्दा ठूलो सम्पदा भएकाले र सम्पदाप्रेमीको पनि चाँसोको विषय भएकाले सम्पदामैत्री ठेकेदार छनौट गरेर काम अघि बढाइने उहाँको भनाई छ । मन्दिर क्षेत्रको पुनःनिर्माण आगामी ५ वर्षभित्र सक्ने लक्ष्य कोषले लिएको छ । मन्दिरको ऐतिहासिक, पुरातात्विक र शास्त्रीय मुल्य मान्यताका आधारहरुमा टेकेर पूनर्निर्माणका लागि कोषले रेखदेख गरेर काम अघि बढाउने पनि कार्यकारी निर्देशक खतिवडाले जानकारी दिनुभयो । n
विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको छ । विभागबाट ड्रोइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण भत्किएको पाँच वर्षसम्म पनि विश्वरूप मन्दिर पुनःनिर्माण शुरु हुन सकेको थिएन । हनुमानढोकाको लायकू बहाल क्षेत्रमा बेवारिसे रहेको मूर्तिलाई जङ्गबहादुर राणाले आफ्नो शासनकालमा पशुपति क्षेत्रको मृगस्थलीमा स्थापना गरेको इतिहासमा उल्लेख छ । विश्वरूप मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको समान आस्थाको केन्द्रका रुपमा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x