२ श्रावण २०८३, शनिबार
भारतमा समुद्री विमान सेवा सुरु
एजेन्सी । भारतमा पहिलोपटक समुद्री विमान सेवा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सो समुद्री विमान सेवाको उद्घाटन गरेका छन् । शुक्रबारदेखि गृहनगर गुजरातको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले यो विमान सेवाको सुरुवात गरेसँगै केवडिया र साबरमतिबीचको २ सय २० किलोमिटरेको दूरी अब ४० मिनेटमा पार गर्न सकिने भएको छ ।
प्रधानमन्त्री मोदीले विमानसेवाको उद्घाटन लगत्तै अपरान्ह १ बजे केवडियाबाट उडान गरेका थिए । उनी १ बजेर ४० मिनेट जाँदा सावरमतिस्थित नदीको किनारमा उत्रिएका थिए । गुजरातको नर्मदा जिल्लामा अवस्थित सो परियोजना मोदीले लिएको महत्वाकाँक्षी परियोजना थियो । भारतीय जनताका लागि समुद्री विमानमार्फत सुविधा प्रदान गर्ने मोदीको यो ड्रिम प्रोजेक्ट हो । उक्त विमानमा सवार हुने यात्रुले १५ सय भारु भाडा तिर्नुपर्ने हुन्छ । रातोपाती
Subscribe
Login
0 Comments



