२ श्रावण २०८३, शनिबार

बाँकेमा थप एकजनाको मृत्यु

एसीपी संवाददाता

१६ कार्तिक २०७७, आईतवार ०२:५४ मा प्रकाशित

कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका-१ कैलालीका ६० बर्षीय पुरुषको शनिवारराती उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुष असोज १४ गते भेरीमा भर्ना भएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनले त्यसैदिन पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको उपचारकै क्रममा शनिवार राती १ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बाँकेका अस्पतालमा उपचारका क्रममा मृत्यु हुने बाहिरी जिल्लाका संक्रमितको संख्या २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा बाँकेमा चारजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। ती मध्ये एकजना नेपालगन्जका, दुईजना दाङका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x