१४ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले लेख्यो अख्तियारलाई पत्र
काठमाडौं– जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न अख्तियारलाई पत्र लेखेको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उक्त सुन तस्करी प्रकरणमा जोडिएका सरकारी कर्मचारीमाथि अनुसन्धान गर्नु भन्दै पत्र लेखेको हो।
सरकारी वकिलको उक्त निर्देशनपछि अख्तियारले उक्त प्रकरणमा अनुसन्धान सुरु गर्ने भएको छ। सरकारी वकिलको कार्यालय, काठमाडौंले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरु समेत संलग्न भएको घटनामा अख्तियारमा फाइल पठाउन भन्सार कार्यालयलाई निर्देशन समेत गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले, २०८० मंसिर २१ गते राती फ्लाई दुवईको उडानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको थियो। घटनामा संलग्न भएको आरोपमा भन्सार कार्यालयले ‘सुन भन्सार चोरी पैठारी’ गरेको अभियोगमा बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।
त्यही फाइलमा मुद्दा चलाउने राय लेख्ने क्रममा सरकारी वकिलको कार्यालय, काठमाडौंले केही सरकारी कर्मचारी भ्रष्टाचारमा समेत संलग्न भएको देखिएको भन्दै फाइल अख्तियार समेत पठाउन पत्र लेखेको हो। त्यस्तै सम्पत्ति शुद्धीकरण विभागलाई पनि यो प्रकरणमा अनुसन्धान गर्न भनिएको छ। नेपाललाईभ


