नेकपाका २०० जना कार्यकर्ता परित्याग गरेर कांग्रेसमा प्रवेश
फाइल बान्नीगढी जयगढ गाँउपालिका ५ कालिका २०० जना नेपाल कम्युनिष्ट पार्टी नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ५ को बडा दशै शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका बिच २०० जना काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेसका अछाम क्षेत्र नं. १ (ख) सभापति डम्बर स्वारले जानकारी दिए ।
नव प्रवेशीहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस अछाम जिल्ला कार्य समिति सभापति भरत कुमार स्वारले स्वागत गरेका थिए ।
नव प्रवेशीहरुलाई स्वागत गर्दै स्वारले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र जनताको चरम बेवास्ता गरेको भन्दै मुलुकको बागडोर समाल्न सक्षम पार्टी नेपाली काँग्रेस मात्र भएको दावि गरे ।
नवप्रवेशीहरुले कम्युनिष्टहरु धेरै बोल्ने काम अलिकति पनि नगर्ने तर काँग्रेस भने कम बोलेर धेरै काम गर्ने पार्टी भएकाले आफुहरु काँग्रेस प्रवेश गरेको बताएका छन ।
शुभकामना अादान प्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस अछाम जिल्ला सभापति भरत कुमार स्वार, विशिष्ट अतिथि नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार, पूर्व माहाधिवेशन प्रतिनिधि अर्जुन ताम्राकार, अतिथि अछाम प्रदेश ख सभापति डम्मर स्वार, नेपाली काँग्रेस अछाम जि. का. समिति सदस्य चन्द्र सिह लुहार, नेपाली काँग्रेस अछाम जिल्ला कार्य समिति पूर्व सदस्य कृष्ण खडकाको उपस्थिति रहेको थियो ।
त्यसैगरी बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खडका, बान्नीगढी जयगढ गाउँपालिका वडा नं.४ वडाध्यक्ष कर्ण ठकुल्ला, बान्नीगढी जयगढ गाउँपालिका कार्यपालिका सदस्य यशाेदा बाेहाेरा, बान्नीगढी जयगढ गाउँपालिका स्तरिय नेपाल किसान संघ सभापति नवराज साँउद, वडा नं. ६ वडा सभापति दिपक शाह, पालिकास्तरिय ट्रेड युनियन अध्यक्ष बसन्ती खत्री, कार्यक्रमका सभापति नवराज रावल संचालक सुरत रावल लगायतको उपस्थितिमा सम्पन्न भएको थियो । अग्रगमनखबर



