९ मंसिर २०८३, मंगलवार

दार्चुलामा यात्रु बस दुर्घटना, १६ जना घाइते

एसीपी संवाददाता

५ माघ २०८०, शुक्रबार १०:४१ मा प्रकाशित

दार्चुला – दार्चुलाको महाकाली–५ खिमतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

आज बिहान महेन्द्रनगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको दार्चुलाका प्रहरी प्रमुख (डिएसपी) शिवबहादुर सिंहले जानकारी दिए ।

बस सडकबाट करिब १५ मिटर तल खसेको उनले बताए । दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको  डिएसपी  सिंहले बताए । खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x