९ मंसिर २०८३, मंगलवार

चिनियाँ महिलामाथि कुटपिटको आरोपमा माओवादीका नेतासँग स्पष्टीकरण माग

एसीपी संवाददाता

५ माघ २०८०, शुक्रबार १०:५३ मा प्रकाशित

केसीको टोलीले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई राहत लिएर गएका चिनियाँ टोलीकी प्रमुख सोउ सिच्याङमाथि मंसिर २० गते कुटपिट गरेको आरोप लागेको छ । यस सम्बन्धमा माओवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले उनलाई लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रका नेताहरूका अनुसार आठबीसकोट नगरपालिका पूर्व मेयरसमेत रहेका केसीको समूहले जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रिम्ना बजारमा चिनियाँ महिलामाथि हातपात गरेको आरोप छ । केसीको चालकसहितले महिलामाथि हातपात गरेको तर उनी रमिते बनेको पाइएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

यस सम्बन्धमा चिनियाँ सरकारी तहबाट माओवादीसम्म ध्यानाकर्षण गराइएपछि कारबाही प्रक्रिया अघि बढाइएको माओवादी स्रोतको भनाइ छ । माओवादीको शनिवार सम्पन्न स्थायी समिति बैठकपछि मातहतका कमिटीमा पठाइएको सर्कुलरमा समेत स्पष्टीकरण सोधिएको विषय उल्लेख रहेको माओवादी स्रोतको भनाइ छ ।

‘भूकम्प प्रभावित क्षेत्रमा चीन सरकारको तर्फबाट वितरण गर्न लगिएको राहत सामाग्री वितरण गर्ने क्रममा विवाद उत्पन्न भई वैकल्पिक केन्द्रीय सदस्य क. गोरख बहादुर के.सी. को उपस्थितिमा चिनियाँ टोलीका प्रमुख महिला माथि कुटपिट भएको घटनाको बारेमा निज गोरख बहादुरसँग लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको छ’, माओवादीको सर्कुलरमा भनिएको छ ।

यो घटनामा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको थियो । राहत सामग्री वितरणका क्रममा विवाद हुँदा हातपातको अवस्था निम्तिएको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x