जनमतको अधिबेशन जारी,जिल्ला अधिवेशनको तयारी
जनमत पार्टीको डुडुवा-२ बेतहनीको वडा अधिवेशन सम्पन्न गरको छ । शिव कुमार चौधरीको अध्यक्षतामा ११ सदस्यीय समिति भेलावाट चयन भएको छ, उपाध्यक्ष अनिता केवट, कोषाध्यक्ष मन्साराम केवट, सचिव राधे श्याम चौहान, सदस्यद्वय इस्माईल सल्मानी, अकबर हुशेन सल्मानी, दिनेश कुमार यादब, सन्तोष केवट, रहटे मनिहार, मनोज कुमार बर्मा र फूल जहाँ मनिहार रहेका छन, त्यस्तै बरिस्ठ सल्लाहकार कामता प्रसाद यादव, वरिष्ठ सल्लाहकार तिरथराम बर्मा, बिजय केवट, दुईजे चमार र धर्मराज धोबी रहेका छन ।

आजको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य इरफान अहमद शेष, कार्यक्रम अध्यक्ष मोहम्मद हुशेन खान, बिशेश अतिथि जिल्ला अध्यक्ष रियाज अहमद शेष, जिल्ला सन्चार बिभाग प्रमुख हरपाल सिंह, जिल्ला नेता जाबिर हल्वाई, डुडुवा गाउपालिका अध्यक्ष अब्दुल वाहिद शेष, जिल्ला सदस्य नाजमा बागवान, विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य अक्षय सोनकर, जिल्ला युवा संघका सदस्य राजु अंसारी, जिल्ला सदस्य मुजफ्फर शेष, वरिष्ठ नेतृत्व मन्डलका सदस्य शैलेन्द्र कुमार कर्ण, महिला जनमत संघका प्रमुख नेतृ जोया शेष लगायतको नेताहरूको उपस्थिति रहेको थियो,

प्रमुख अतिथिले दशै र मोहम्मद डे को शुभकामना दिई कार्यक्रमको शुरुवात गरेका थिए, कार्यक्रममा बोल्दै नेता शेषले जनमत बाहेक कुनै पनि पार्टीले मधेसी जनतालाई अधिकार सम्पन्न बनाउन नसक्ने भनेका छन, मधेशको राजनीतिक फोहोर हटाउनलाई स्वराजीहरुको संगठन आएको भनेका छन, अब मधेश नेतृत्व जनमत ले नै गर्ने भनेका छन।



