९ मंसिर २०८३, मंगलवार

ताइवान बारे बोल्न प्रधानमन्त्री प्रचण्डलाई कसको दबाव ?

एसीपी संवाददाता

७ माघ २०८०, आईतवार १३:०८ मा प्रकाशित

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले ‘एक चीन नीति’ मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताएका छन् ।

तीन दिने युगान्डा भ्रमण सकेर आइतबार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ताइवानलाई नेपालले सुरुदेखि नै चीनको अंगका रूपमा हेर्दै आएको बताएका हुन् । उनले ‘ताइवान चीनको हो’ भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडग्मगाउने दाबी गरे ।

‘ताइवानको कुरा पनि जोडेर राख्नुभयो । ताइवानको विषयमा नेपालको सुरुदेखिको नीति के हो भने एक चीन नीति भन्दा ताइवान पनि चीनकै अंग हो भन्ने नीति नेपालको शुरुदेखि नै रही आएको छ । त्यो भन्दा बाहिर हामीले बनाएका छैनौँ । एक चीन नीति मानिसकेपछि हामी ताइवान अलग हुनपर्छ भन्ने नीतिको पक्षमा छैनौँ,’ प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले ताइवान चीनबाट अलग हुनुपर्छ भन्ने नेपालको नीति नरहेको स्पष्ट पारे । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x