२ श्रावण २०८३, शनिबार

सरकारी अस्पतालसँग स्पष्टिकरण

एसीपी संवाददाता

१६ कार्तिक २०७७, आईतवार १९:०८ मा प्रकाशित

कोरोना संक्रमितसँग धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण मागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण सोधिएको बताउनुभएको हो । उहाँले स्वास्थ्य मन्त्रालयले धरौटी लिएर मात्र संक्रमतिको उपचार गर्नु भनेर कुनै निर्देशन नदिएको पनि बताउनु भयो ।

उहाँले शुल्क तिर्न सक्ने व्यक्तिले शुल्क तिर्नुपर्ने र शुल्क तिर्न नसक्ने गरिव तथा विपन्न व्यक्तिलाई निशुल्क उपचार गर्ने सरकारको निर्णय यथावत रहेको पनि जानकारी दिनुभयो ।
सरकारले कोरोना संक्रमितको उपचार संक्रमित आफैले खर्च गर्ने भनेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सिभिल अस्पताल लगायतका सरकारी अस्पतालले समेत कोरोना संक्रमितले अस्पतालमा भर्ना पाउन पहिला धरौटी रकम बुझाउनुपर्ने भन्दै सूचना जारी गरेका थिए ।

यस्तै केही मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि ५० हजार देखि २ लाख सम्म धरौटी रकम बुझाएपछि मात्र अस्पतालमा भर्ना गरिने जनाएका छन् ।

यस्तै मृत्यु भएका कोरोना संक्रमितको विवरण फरक फरक आएकाले त्यसको विषयमा छानवीन गर्न स्वास्थ्य मन्त्रालयले समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका सहसचिव, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महाशाखाका प्रमुख र सिसिएमसीका चिकित्सक सहित तीन जनाको टोलीको समिति गठन गरी संक्रमितको मृत्युको विवरणबारे छानवीन भइरहेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले काठमाडौं उपत्यका लगायतका घना बस्ती कोरोना संक्रमणको अवस्था उच्च रहेकाले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह समेत गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x