२ श्रावण २०८३, शनिबार

नेविसंघ द्वारा काठमाडौंमा विरोध प्रदर्शन

एसीपी संवाददाता

१६ कार्तिक २०७७, आईतवार १९:२९ मा प्रकाशित

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध ¥यालीसहित प्रदर्शन गरेको छ ।

आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै झूटा मुद्दा लगाएको र कोरोना संक्रमितप्रति सरकार उदासिन देखिएको भन्दै नेविसंघले आइतबार काठमाडौको प्रदर्शनीमार्गमा नाराबाजी गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा सरकारले नेविसंघका नेता तथा कार्यकर्ताहरुलाई बिना कारण झुठा मुद्धा लगाएर फसाउन खोजेका तथा वास्तविक दोषी उम्काउन प्रशासनले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएको नेविसंघ महामन्त्री मनोज बैद्यले बताउनुभयो ।

कोरोना महामारीका कारण नेविसंघले संयमता अपनाएको भन्दै पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा नगरे नेविसंघ सडकमा कडा रुपमा प्रस्तुत हुने महामन्त्री वैद्यले चेतावनी दिनुभयो ।
नेविसंघले अधिनायकवादको सरदार केपी ओलीको सरकार, जनस्वास्थ्यमा खेलवाड गर्न पाइँदैन भ्रष्ट सरकार चाहिँदैन, जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथिको आक्रमणमा नेविसंघ कार्यकर्ता संलग्न रहेको आरोपमा केही नेविसंघ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । चलाउनेमाथिको आक्रमणमा संगठनको हात नरहेको नेविसंघले दाबी गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x