९ मंसिर २०८३, मंगलवार

चीनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो १०”जना बेपत्ता

एसीपी संवाददाता

१२ माघ २०८०, शुक्रबार १४:१९ मा प्रकाशित

बेइजिङ  ।  दक्षिणपश्चिम चीनको एक दुर्गम र पहाडी क्षेत्रमा बुधबार पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने १० जना अझै बेपत्ता छन् ।  चीनको सरकारी मिडियाले यो जानकारी दिएको हो ।  युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा गत सोमबार बिहानै उक्त प्रकोप परेको थियो।गम्भीर चिसो र हिमपातका बीच खोजी र उद्धार कार्य जारी छ।  घटनास्थलमा एक हजारभन्दा बढी उद्धारकर्मी खटिरहेको आपतकालीन व्यवस्थापन मन्त्रालयले मंगलबार जनाएको छ ।  सोमबार जिउँदै भेटिएका दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सुधारोन्मुख रहेको छ ।

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले स्थानीय विज्ञहरूले गरेको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै ठाडो भीरको माथिल्लो भाग भत्किँदा पहिरो खसेको बताएको छ ।  त्यो भत्कनुको कारण के थियो भने खुलाइएको छैन ।  सिन्ह्वाले पोस्ट गरेको हवाई तस्बिरहरूले गाउँका धेरै घरहरूमा झरेको विशाल टेरेस्ड पहाडको भाग देखाइएको छ।  ९ सयभन्दा बढी गाउँलेलाई स्थानान्तरण गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x