९ मंसिर २०८३, मंगलवार
क्रिप्टोमार्फत् हुण्डी कारोबार : पक्राउ परेकामध्ये ४ जना जेल चलान
काठमाडौं । क्रिप्टो करेन्सीमार्फत् २ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको हुण्डीका कारोबार गरेको प्रकरणमा पक्राउ परेका पाँच जनामध्ये चार जना जेल चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले आइतबार चार जनालाई जेल चलान गर्न आदेश दिएको हो। अदालतले झनिन्द्र प्रसाद खतिवडाबाहेक रूपेश श्रेष्ठ, आशिष अग्रवाल, मीनबहादुर जिसी र कुमार परियारलाई थुनामा पठाउने आदेश दिएको छ।
Subscribe
Login
0 Comments


