लागु औषध सहित एक जना जमुनाह सिमानाकाबाट पक्राउ
लागु औषध सहित एक जनालाई जमुनाह प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला बाँके नेपालगंज उपमहानगर महानगरपालिका १५ पिप्रहवा भन्ने स्थानमा कोहलपुर नगर पालिका ४ बस्ने बर्ष ४० को रमजान अली बेडुवा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शका लागी चेक जाँच गर्ने क्रममा लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ ग्राम र निजको

साथमा रहेको साईकिल सहित नियन्त्रणमा लिईएको हो
प्रहरी नायब निरिक्षक बिष्णु गिरीको कमाण्डमा रहेको टोलीले लागुऔषध ब्राउन सुगर २ ग्राम सहित पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालयबाट गिरीको नेतृत्वमा ३ जना प्रहरीको टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले लागु औषध सहित पक्राउ परेका रमजानलाई नियन्त्रणमा राखी थप अनुसन्धान थालेको छ ।
अहिले लकडाउनका समय सिमानाका ठप्प हुँदा समेत अबैध समान ओसार पसार गर्नेहरु चोरी बाटो हुँदै लुकिछिपी लागु औषध बा्रउन सुगर समेत ल्याउने गरेका छन् । यसको लाथि सिमा क्षेत्रमा बसोबाँस गर्नेहरु दुबै तर्फ नागरिकहरुको आड ओसार पसार गर्ने गरेको श्रोतको दावी छ ।



