२ श्रावण २०८३, शनिबार

उपमहानगरपालिका-२ कि वडा सदस्य परियारको कोरोनाका कारण मृत्यु

एसीपी संवाददाता

१७ कार्तिक २०७७, सोमबार १०:३७ मा प्रकाशित

कोरोना भाइरस संक्रमणबाट नेपालगन्जमा एकजना जनप्रतिनिधिको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका-२ कि वडा सदस्य शान्ति देवि परियारको उपचारका क्रममा भेरी अस्पतालमा सोमबार मृत्यु भएको वडाअध्यक्ष सुनिलसिंह हमालले जानकारी दिनु भयो ।
घरबारी टोलकी ६७ बर्षिया परियारलाई कात्तिक ४ गते भाइरस संक्रमण पुष्टि भएको थियो ।
उहाँको उपचारका क्रममा बिहान १०:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
बाँकेमा कोरोनाबाट पहिलो पटक जनप्रतिनिधिको मृत्यु भएको छ । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x