जनमत पार्टीको डुडुवा-३ बनकट्टीमा अधिवेशन सम्पन्न
शहजाद खानको अध्यक्षतामा डुडुवा-३ बनकट्टीको वडा समिति अधिवेशनबाट चयन सम्पन्न भएको छ । डुडुवा गाउ३ नंबर वडाको वडा अधिवेशन सम्पन्न भएको छ, कार्यक्रमको अध्यक्षता जिल्ला सदस्य कासिम शाहले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला अध्यक्ष रियाज अहमद शेष भने उद्घोषण कार्य मुजिबुल हशन अंसारीले गरेका थिए। आजको भेलाबाट ११ सदस्यीय समिति सर्वसम्मतिले चयन भएको छ। वडा अध्यक्ष शहजाद खान चुनिएका छन, उपाध्यक्ष अनिता ठाकुर,कोषाध्यक्ष रमजान खान, सचिव मोहम्मद नईम खान, सदस्यद्वय नन्काइ पठान, सलामुद्दीन सल्मानी, अमिर खान, राम नरेश खटिक, अब्दुल कासिम साह, लतीफ खान र किशुन पासी चयन भएका छन। आजको कार्यक्रममा जिल्ला संचार प्रमुख हरपाल सिंह, जिल्ला वरिष्ठ सदस्य जाबिर हल्वाई, जिल्ला सदस्य रियाज अंसारी, डुडुवा गा.पा. अध्यक्ष अब्दुल वाहिद शेष, राजू शेष, अक्षय सोनकर, मोहम्मद हुशेन खान, जिल्ला सदस्य मुजफ्फर शेष,जिल्ला सदस्य नाजमा बागवान , केन्द्रीय सदस्य इरफान अहमद शेष, सफिक जसगड, सलीम अंसारी, उम्मेद शेष लगायत नेताहरुको उपस्थिति रहेको थियो। फाइल तस्बिर


