९ मंसिर २०८३, मंगलवार
पाकिस्तानको ( आइएसआई ) को एजेन्ट पक्राउ
एजेन्सी – भारतीय गुप्तचर एजेन्सीले ठूलो सफलता हात पारेको छ । ठूलो अपरेसनमा यूपी एटीएसले पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआई एजेन्ट सतेन्द्रलाई मेरठबाट पक्राउ गरेको छ। पाकिस्तानका लागि काम गर्ने यो घरेलु जासुस रुसमा रहेको भारतीय दूतावासमा तैनाथ रहेको थियो । सतेन्द्र लामो समयदेखि आईएसआईका लागि जासुसी गर्दै आएका थिए र यूपी एटीएसको सवेदनशिल प्रक्रियामा रहेको थियोे ।
देशद्रोहको आरोप लागेका सतेन्द्रले भारतीय सेना र रक्षा मन्त्रालयको गोप्य सूचना पाकिस्तानलाई पठाएका थिए । पाकिस्तानी एजेन्ट हापुडको शाहमहिउद्दीनपुरका बासिन्दा हुन्। जसलाई मेरठबाट पक्राउ गरिएको हो
सोधपुछका क्रममा सतेन्द्रले पाकिस्तानका लागि जासुसी गरेको स्वीकार गर्दै आफ्नो अपराध स्वीकार गरेका छन् । श्रोत = भारतियसन्चार माध्यम
Subscribe
Login
0 Comments


