११ असार २०८३, बिहीबार

आइसोलेसन सेन्टरहरु पुनः सन्चालनमा

एसीपी संवाददाता

१६ श्रावण २०७७, शुक्रबार १४:१० मा प्रकाशित

बाँकेमा कोरोना संक्रमितको संख्या थपिएसँगै बन्द रहेका आइसोलेसन सेन्टरहरु पुनः सन्चालनमा ल्याउन थालिएको छ । यसअघि संक्रमितको संख्या घट्दै जानु र आइसोलेसनमा बसेकाहरु पनि निको भएर घर फर्किएपछि जिल्लामा सन्चालनमा ल्याइएका आइसोलेसन सेन्टर धमाधम बन्द गरिएको थियो । तर पछिल्लो सातादेखि लगाताररुपमा संक्रमित थपिनेक्रम बढेसँगै बन्द भएका आइसोलेसन फेरि सन्चालनमा ल्याउन थालिएको हो । विहीबार एकैदिन ३० जना संक्रमित थपिएसँगै लायन्स डेन्टल अस्पताल नेपालगन्जको आइसोलेसन वार्ड सन्चालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । बाँकेमा १३ वटा आइसोलेसन सेन्टर छन् ।

तिमध्ये ११ वटा आइसोलेसन सेन्टर बन्द भइसकेका थिए । तर संक्रमित संख्या थपिएपछि लायन्सको आइसोलेसन फेरि सन्चालनमा ल्याइएको छ भने आन्तरिक राजश्व कार्यालयलाई आइसोलेसन सेन्टरनै बनाइएको छ । उहाँका अनुसार उक्त आइसोलेसनमा विहीबार संक्रमण पुष्टि भएका मध्ये १० जनालाई राखिएको छ । कोरोनामुक्त तयारी गरिएको बाँकेमा लकडाउन खुलेसँग कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमणको जोखिम समुदायस्तरमै फैलिएपछि स्थानीय प्रशासनले शनिवारराती देखि लागु हुने गरी तीन दिन निषेधाज्ञा जारी गरिसकेको छ ।
आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका धेरै कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाई नै आइसोलेसन सेन्टर बनाइएको छ । उक्त कार्यालयका ९ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कार्यालयलाई नै आइसोलेसन सेन्टरका रुपमा प्रयोग गरिएको हो । आन्तरिक राजश्व कार्यालयका ५ जना अधिकृत, ३ जना सुब्बा र एकजना स्वीपर कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित कर्मचारीसँगै क्वाटरमा बस्ने उनीहरुका थप ४ जना आफन्तमा पनि कोरोना पुष्टि भएको छ । तिमध्ये एकजना अदालतका कर्मचारी रहेको राजश्व कार्यालयका एक अधिकृतले जानकारी दिए । गएको ११ गते एकजना कर अधिकृतमा भाइरस पुष्टि भएपछि उनको सम्पर्कमा रहेका कर्मचारीसहित ५४ जनाको थ्रोट स्वाब लिइएको थियो । तिमध्ये थप १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । एकैपटक धेरै कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालयलाई आइसोलेसन सेन्टर बनाएर उनीहरुलाई त्यही राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । त्यहाँ अहिले १२ जनालाई राखिएको छ । सुरुमा भेटिएका संक्रमित एकजना अधिकृतलाई भने खजुरा क्यान्सर अस्पतालमा राखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x